प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ कुन दलले कति मत ल्याए भन्ने तथ्यांक पनि सार्वजनिक गरिरहेको छ।
यसै क्रममा आज (बिहीबार) बिहान १० बजेसम्मको परिणामअनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेले आफ्नो अग्रता कायमै राखेको छ। उसले समानुपातिक मत ५ लाख ८१ हजार ८७ ल्याइसकेको छ। दोस्रोमा नेपाली कांग्रेसले ४ लाख ७० हजार २ सय ९ मत ल्याएको छ भने २ लाख ६० हजार ८ सय ६४ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ।
यस्तै चौथो स्थानमा रहँदै नेकपा माओवादी केन्द्रले अहिलेसम्म २ लाख ३० हजार २ सय २१ समानुपातिक मत ल्याएको छ। यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ३६ हजार ३ सय ७२ मतका साथ पाँचौं स्थानमा छ।
समानुपातिक मतमा दलहरूमा सबैभन्दा पुछारमा नेकपा एकीकृत समाजवादी छ। उसले यो खबर तयार पार्दासम्म ३२ हजार ७ सय ६२ मत मात्र ल्याएको छ।
बाँकीको अवस्था यस्तो छ :
राष्ट्रिय प्रजातन्त्र पार्टी
१३६३७२
जनता समाजवादी पार्टी, नेपाल
५७१७९
नेपाल मजदुर किसान पार्टी
४७४४२
नागरिक उन्मुक्ति पार्टी
३३६३६
जनमत पार्टी
३३००३
अन्य
१११३०९
Shares
प्रतिक्रिया