नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (दाङ–२) मा आफूलाई हराउने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मालाई बधाई दिएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार शर्माले एमाले नेता पोखरेललाई केवल १ सय ९२ मतान्तरले हराएकी हुन्।
चुनावको अन्तिम नतिजा आउनासाथ पोखरेलले सामाजिक सञ्जालमार्फत शर्मालाई बधाई दिएका हुन्।
पोखरेलले लेखेका छन्, ‘मसँगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई।’
यस क्रममा उनले पाँचदलीय गठबन्धनसँग आफू एकल रूपमा प्रतिस्पर्धा गर्नुपरेका कारण हार भएको संकेत पनि गरेका छन्।
उनले लेखेका छन्, ‘गठबन्धनसँगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरूले देखाउनुभएको सदभावका लागि सदैव आभारी रहने छु।’
126
Shares
प्रतिक्रिया