जारी मत गणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।
निर्वाचन आयोगको अध्यावधिक (बिहान ९:५३ बजे) तथ्यांकअनुसार एमालेले १० लाख ४ हजार १ सय ६२ समानुपातिक मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५५ हजार ९ सय ८९ मत ल्याएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत प्राप्त गरेको छ।
आयोगको विवरणअनुसार चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ४२ हजार ३८ समानुपातिक मत पाएको छ भने पाँचौँ स्थानमा रहँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५५ हजार ५६ समानुपातिक मत ल्याएको छ।
छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख २७ हजार ९ सय ८३ समानुपातिक मत पाएको छ भने ७५ हजार ८ सय ५३ मतका साथ जनमत पार्टी समानुपातिकतर्फ सातौं स्थानमा छ।
आयोगका अनुसार आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ७१ हजार २ सय १४ समानुपातिक मत प्राप्त गरेको छ।
यस्तै नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ६८ समानुपातिक मत ल्याएको छ भने ५६ हजार ९ सय २८ मतका साथ नेपाल मजदुर किसान पार्टी समानुपातिकतर्फ दसौँ स्थानमा छ।
Shares
प्रतिक्रिया