इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल १५ सय बढी मतले पछि परेका छन्।
शुक्रबार बिहान ८ बजेसम्मको परिणामअनुसार त्यहाँ नेकपा एमालेका नेता महेश बस्नेतले ११ हजार ३९४ मतसहित अग्रता बनाइरहेका छन्।
खनाललाई सुरुवाती रुझानदेखि नै पछि पार्दै बस्नेतले अहिले १५ सय ४६ मतको अग्रता कायम राखेका हुन्।
मतगणनास्थलमा रहेका युवा संघका स्थायी कमिटी सदस्य निरोज पौडेलका अनुसार विवादपछि रोकिएको मतगणनाले फेरि गति लिएको हो।
अहिलेसम्म त्यहाँ २६ हजार ४२२ मतगणना भइसकेको छ।
प्रतिनिधि सभा (प्रत्यक्ष)
१ सूर्य महेश बस्नेत ११३९४
२ ढल्केको छाता कमल कुमार राई ७२१
३ हलो तोया नाथ शर्मा सापकोटा ७१०
४ कलम झलनाथ खनाल ९८४८
५ कुखुराको भाले बुद्ध लाल मेचे ११५०
६ दाप सहितको खुकुरी जीत कुमार मुखिया ५५
७ घर पदम बहादुर लिम्बु १३२
८ करुवा गणेश प्रसाद पौडेल ११२
९ क्रस खुकुरी निमा तेन्जिङ शेर्पा १६४
१० मुढा नेत्र प्रसाद रेग्मी १४८
११ माछा विक्रम पाण्डे ५०९
बदर मत ११९५
कुल गणना भएको मत २६४२२
कुल सदर मत २५२२७
Shares
प्रतिक्रिया