प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्राप्त मतको संख्या २४ लाख कटाएको छ।
सोमबार (आज) दिउँसो १२:४५ बजेसम्मको तथ्यांकअनुसार कांग्रेसले २४ लाख ३ सय ७ समानुपातिक मत प्राप्त गरेको हो।
समानुपातिकमा पहिलो स्थानमा रहेको नेकपा एमालेले भने अहिलेसम्म २५ लाख ३४ हजार ४ सय ४४ मत ल्याएको छ।
यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्राप्त समानुपातिक मतको संख्या १० ६४ हजार १ सय ५२ पुर्याएको छ भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ८ सय ३१ मत पाएको छ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६ सय ९० समानुपातिक मत ल्याएको छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख २६ हजार ४ सय १८ मत पाएको छ। योसँगै यी ६ दल राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
Shares
प्रतिक्रिया