सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ७० हजार १२६ मत गनिसकेको छ।
यति मत गन्दा भगवतीले अग्रता फराकिलो बनाएकी हुन् । भगवतीले ३२ हजार ४१७ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २७ हजार ६५६ मत पाएका छन्।
भगवती गच्छदारभन्दा ४ हजार ७६१ मतले अगाडि छन्।
यहाँ अझै ६ वटा वडा मत गणना गर्न बाँकी छ।
381
Shares
प्रतिक्रिया