बाजुराको प्रदेशसभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका शाही २० हजार १ सय १९ भोटसहित विजयी भएका हुन्।
उनले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई २ हजार ५ सय ९८ मतले हराएका हुन्। पराजित थापाले कूल १७ हजार ५ सय २१ मत ल्याए।
थापा यसअघि ०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर संघीय सांसदमा निर्वाचित भएका थिए। यसपटक सुदूरपश्चिमको भावी मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने उनी प्रदेशमा झरेका थिए। तर हारे।
स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १ सय ५५ र राप्रपाका हिमालबहादुर शाहीले १ सय २२ मत मात्रै ल्याउन सके।
111
Shares
प्रतिक्रिया