अभिनेत्री केकी अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री बनेसँगै मुलुकमा सुशासन र सुरक्षा कायम हुने आशा व्यक्त गरेकी छन्।
गृहमन्त्री लामिछानेलाई खुलापत्र लेख्दै अभिनेत्री अधिकारीले हरेक महिला घरभित्र र बाहिर सुरक्षित रहने अपेक्षा पनि व्यक्त गरेकी छन्।
कुनै पनि अपराधी नछुट्ने र इमान्दार नेपालीले निर्धक्कसँग आफ्नो काम गर्ने वातावरण पाउने आशा पनि उनले व्यक्त गरेकी छन्।
यस्तो छ गृहमन्त्री लामिछानेलाई केकी अधिकारीले लेखेको खुलापत्र-
प्रिय रवि दाइ,
तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा फेरि मनले एउटा आशा बोकेको छ।
आशा यो छ कि देशमा सुशासन छाउने छ।
कोही पनि अपराधीहरू छुट्ने छैनन्।
कानुनको दायरामा आउनुपर्नेलाई निसंकोच ल्याइनेछ।
हरेक महिलाले आफूलाई घरभित्र र बाहिर सुरक्षित पाउने छन्।
अनि, हरेक इमानदार व्यक्ति निर्धक्क निडर आफ्नो कर्तव्यमा लाग्न सक्नेछन्।
यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा
हरेक नेपालीले आआफ्नो गृहमा सुरक्षित महसुस गर्न सक्नेछन्।
सफल कार्यकालको शुभकामना!
Shares
प्रतिक्रिया