ad ad

राजनीति


एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

नेपालखबर
पुस २५, २०७९ सोमबार १५:२९, काठमाडौँ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन्।

३२ जना सांसदको समर्थनसहित दावी पेश गरेका अधिकारी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

गण्डकी प्रदेश एमालेको ससंदीय दलका नेता अधिकारीलाई नेकपा एमालेसहित माओवादी र राप्रपाको समर्थन रहेको छ। 

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री चुनिन ३१ मतको आवश्यकता थियो। जसमध्ये एमालेसँग २२ सांसद छन्। माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थनले अधिकारीलाई सजिलो भएको हो। 

यसले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। कांग्रेसबाट प्रदेशसभामा २७ सांसद छन्। 

स्वतन्त्रबाट निर्विरोध निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङ्गे कुनै पक्षमा खुलेका छैनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .