ad ad

राजनीति


एमाले महासचिव पोखरेलको आरोप– गठबन्धनका नेताहरू भ्रष्टाचारका हिमायति हुन्

सबै भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारलाई चुनौती
एमाले महासचिव पोखरेलको आरोप– गठबन्धनका नेताहरू भ्रष्टाचारका हिमायति हुन्

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार १६:७, काठमाडौँ

एमाले महासचिव शंकर पोखरेलले सबैखाले भ्रष्टाचारको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्। 

‘सरकार अमूक भ्रष्टाचारको कुरा गरेर प्रतिपक्षीलाई छानबिनको त्रास देखाउँछ। सरकारले जुनसुकै घटनाको छानबिन गरोस् हामी तयार छौं,’ पोखरामा एमाले गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशनको उद्घाटनको क्रममा उनले भने,‘ छानबिन होस् अन्त्यमा जेल जाने सत्ता गठबन्धनका नेताहरु नै हुनेछन्। किनकि, उनीहरु भ्रष्टाचारका हिमायति हुन्। उनीहरूको शासकीय चरित्र हो।’ 

उनले एकातिर सरकारले भ्रष्टाचारको विरुद्धमा छु भनेर जनताबीच भ्रमण छर्ने काम गरेको र अर्कोतिर सरकारकै संलग्लतामा भन्सारबाट क्विन्टलका क्विन्टर सुन भित्र्याएर आफ्नो चरित्र उदांगो पारेको पनि बताए।

उनले  सरकार सुशासन र भ्रष्टाचारको विरुद्धमा हुन्थ्यो भने प्रतिपक्षले भनेजस्तो सुन तस्करी छानबिनमा आनाकानी गर्ने थिएन पनि भने। 

उनले अगाडि थपे, ‘व्यापार व्यवसाय ठप्प भएको छ। सटरहरू बन्द भएका छन्। उद्योग बन्द भएको छ। देशलाई मन्दीतर्फ लैजाने काम गठबन्धन सरकारले गरिरहेको छ। अदालतको फैसला परमादेशबाट यो सरकार सत्तामा पुगेपछि देशको वैधानिक अर्थतन्त्र कमजोर बनाउने र अवैधानिक अर्थतन्त्र कमजोर बनाउने काम भयो। यो बीचमा वैधानिक काम गर्ने व्यवसायीहरु निराश र अवैध काम गर्नेहरु अरबौंको काम गर्ने भएका छन्। जतिबेला राष्ट्रको ढुकुटी ऋणात्मक बनेको छ, त्यतिबेला सत्ताका निकट व्यवसायीहरु रातारात अरबपति भएका छन्। एकजना व्यवसायीको मात्र कुरा गर्ने हो भने सत्ता निकट एक व्यवसायीले एक वर्षमा ४० अर्ब नाफा कमाएका छन्। यो वैधानिकताको नेतृत्व गर्ने सरकार हैन। बन्द कोठाभित्र बसेर राजश्वका दररेट परिवर्तन काम गर्ने काम भएको छ। अर्थमन्त्रालय दलाल नोकरशाहीलाई हित गर्नेको हातमा गएको छ।’

महासचिव पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नदिएर सरकारले चीनको कारणले गर्दा देश टाट पल्टेको सन्देश दिन खोजेको गम्भीर आरोप पनि लगाए। 

‘पोखरा विमानस्थल चलाउन नदिने अभियानमा सरकार छ। अनुमति मागेकाहरूलाई अनुमति दिनुपर्छ र संचालनमा ल्याउनुपर्छ,’ उनले भने।

उनले यो सरकारलाई बिदा गर्नु पहिलो आवश्यकता भए पनि अहिलेको सत्ता समीकरणले गर्दा त्यो सम्भव नभएको र आउँदो चुनावबाट जनताले रोजेको पार्टी (एमाले)लाई सत्तामा पु¥याउन आग्रह पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .