ad ad

राजनीति


खैबर पख्तुनख्वामा पीटीआई समर्थित उम्मेदवार विजयी, सिन्धमा बिलावल भुट्टोको पार्टी अगाडि

खैबर पख्तुनख्वामा पीटीआई समर्थित उम्मेदवार विजयी, सिन्धमा बिलावल भुट्टोको पार्टी अगाडि

नेपालखबर
माघ २६, २०८० शुक्रबार ११:२४, काठमाडौँ

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। 

पाकिस्तानको निर्वाचन आयोगले हालसम्म गरेको घोषणाअनुसार ८१ प्रान्तीय सिटको नतिजा आएका छन्।

खैबर पख्तुनख्वामा इमरान खानको पार्टी तेहरिक इन्साफले समर्थन गरेका उम्मेदवारहरू अगाडि छन् भने सिन्धमा बिलाल भुट्टो जरदारीको पार्टी पाकिस्तान पिपुल्स पार्टीले अग्रता लिएको छ।

पञ्जाबमा ‘पाकिस्तान मुस्लिम लिग–नवाज’ पार्टीले केही सिट जितेको छ भने केही सिट पीटीआई समर्थित उम्मेदवारले जितेका छन्।

यद्यपि, यी परिणाम अन्तिम भने होइनन्।

हालसम्म आएको नतिजाअनुसार पीटीआई समर्थित उम्मेदवारले खैबर पख्तुनख्वामा ३६ सिट जितेका छन्। पीएमएलएनले दुई र जमियत-उलेमा-ए-इस्लामले एक सिट जितेको छ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार पीएमएल-एनले पञ्जाब विधानसभामा ८ सिट जितेको छ। पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन्। 

पाकिस्तानको निर्वाचन आयोगका अनुसार बिलावल भुट्टोको पार्टी पीपीपीले सिन्ध प्रान्तमा २८ सिट जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .