कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमालेले दायर गरेको मुद्दाको सुनुवाइ आज आइतबार हुँदैछ।
सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ।
प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै एमालेले शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो। रिटमा प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरिएको छ।
कार्कीको रिट बोकेर एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोली सर्वाेच्च अदालत गएको हो।
एमाले सर्वोच्च आउनुअघि नै मुख्यमन्त्रीमा नियुक्त भएका थापाले शुक्रबार बिहान ९ बजे शपथ लिएर पदबहाली गरिसकेका थिए।
27
Shares
प्रतिक्रिया