ad ad

राजनीति


मधेशमा जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा

मधेशमा जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा

नेपालखबर
साउन १५, २०८० सोमबार १४:२२, काठमाडौँ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेश सरकारका रहेका दुई मन्त्रीले सोमबार राजीनामा दिएका छन्।

मधेश प्रदेशमा जनमतबाट एकजना मन्त्री र एकजना राज्यमन्त्रीले सोमबार राजीनामा दिएका हुन्। 

मुख्यमन्त्री सरोज यादवले मन्त्रालय खोसेर विनाविभागीय बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन्।

जनमतका दुवै मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री यादवले सोमबार नै मन्त्रिपरिषद् हेरफेर तयारी गरेका छन्। 

मधेश प्रदेशमा अहिले गृह, सञ्चार तथा कानुन र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवले सम्हालेका छन्।

सरकारमा रहेका एक फुलमन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएपछि गठबन्धनका अन्य दललाई अवसर मिलेको छ। 

जनमत बाहिरिएपछि नेपाली कांग्रेसबाट सप्तरीका सांसद मोहम्मद समिम मन्त्री हुने निश्चित भएको छ। समिम सप्तरी जिल्ला क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित भएका हुन्। 

सत्ता गठबन्धनमा कांग्रेसले एकजना मन्त्री र एकजना राज्यमन्त्री पाएको छ। कांग्रेसले गृह, सञ्चार तथा कानुन मन्त्रालय लिने भएको छ। 

मधेश सरकारमा अहिले कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव छन्। कांग्रेसबाटै वीरेन्द्र सिंह स्वास्थ्य मन्त्री छन्। 

मधेश प्रदेशको पहिलो सरकारमा उनी महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री थिए। 

जनता समाजवादी पार्टीकी बिनाविभागीय मन्त्री सुरिता साहलाई मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय दिने भएका छन्। 

कुशवाहा र यादवले राजीनामा दिएपछि जनमत पार्टीबाट एकजना नयाँ अनुहार आउने भएका छन्। राज्यमन्त्रीबाट राजीनामा दिएका यादवलाई शिक्षा राज्यमन्त्री बनाउने तयारी छ। 

वसन्त कुशवाहाको ठाउँमा जनमतबाट चन्दन सिंह मन्त्री हुनेछन्। सिंह मन्त्री हुने पक्का भए पनि उनको मन्त्रालय खुलाइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .