ad ad

राजनीति


आज मधेस झर्दै प्रधानमन्त्री : सर्लाहीमा शैक्षिक महोत्सव, सिराहामा पुलको उद्घाटन गर्ने

आज मधेस झर्दै प्रधानमन्त्री : सर्लाहीमा शैक्षिक महोत्सव, सिराहामा पुलको उद्घाटन गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८० शनिबार ८:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) विभिन्न कार्यक्रममा सहभागी हुन मधेस झर्दैछन्। 

प्रधानमन्त्रीले आज सर्लाहीमा शैक्षिक तथा सांस्कृतिक महोत्सव तथा सिराहा र धनुषामा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

सर्लाहीको बागमती नगरपालिकाले गर्न लागेको बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सर्लाही जान लागेका हुन्।
 

दिउँसो २ बजे बागमती नगरपालिका- ११ कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने महोत्सवको प्रधानमन्त्रीले उद्घटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सर्लाहीको कार्यक्रमअघि प्रधानमन्त्री सिरहा र धनुषाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्रीले आज बिहान प्रधानमन्त्रीले आज सिराहा सदरमुकाम नजिकै गमरियामा झोलुंगेपुल उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसैगरी धनुषाको भेडियाहीस्थित कमला नदीमा बन्न लागेको पक्की पुलको पनि आज शिलान्यास गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका नेता विश्वनाथ साहले जानकारी दिए। 

सर्लाहीको बागमती नगरपालिकाले पहिलोपटक शैक्षिक महोत्सव गर्न लागेको हो। 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसहित बालबालिकाको सर्वांगिण विकासमा सहयोग पुयाउने उद्देश्यले महोत्सव गर्न लागिएको बागमती नगरपालिकाका मेयर भरतकुरमा थापाले जानकारी दिए। 

महोत्सवमा ३ हजार विद्यार्थीले देशका सातै प्रदेशको सांस्कृति झल्किने ७८ मिनेट लामो नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ। महोत्सवमा १५ हजार अभिभावकसमेत सहभागी हुने बागमती नगरपालिकाको अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .