नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन्।
महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए। उनले सोही आवश्यकताको महसुस गरेर एमालले मिसन २०८४ अभियान सुरु गरेको बताए।
मिसन २०८४ अभियानले एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाउने विश्वास व्यक्त गर्दै उनले प्रत्येक प्रदेशमासमेत एमालेको नेतृत्वमा सरकार बनाउने अभियानमा सहभागी हुन उनले सबैलाई आह्वान गरे। रासस
9
Shares
प्रतिक्रिया