राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ।
बिहीबार बालाजुस्थित नयाँ केन्द्रीय कार्यालयमा चियापानसहितको कार्यक्रम राखेर रास्वपाले स्थापना दिवस मनाएको हो।
त्यसक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरुलाई बोलाएको थियो।
चियापान समारोहमा सहभागी हुने क्रममा प्रधामन्त्री प्रचण्डले रास्वपा कार्यालयमा रहेको घन्टी बजाए।
त्यस्तै कार्यक्रममा पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि घन्टी बजाए।
नारायणकाजीभन्दा अघि रास्वपा सभापति रवि लामिछाने नै गृहमन्त्री थिए।
रास्वपाले बिहीबार साँझ देशभर घन्टी बजाएर स्थापना दिवस मनाउँदैछ।
84
Shares
प्रतिक्रिया