नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
झन्डै हप्ता दिनसम्मको उल्झनपछि शुक्रबार दिउँसो सवा १ बजेदेखि विद्युतीय मेशिनमा मतदान भएको हो।
सबैभन्दा पहिले अध्यक्षका प्रत्यासी कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरे।
एमालेले मतदाताका लागि टोकन प्रणाली लागु गरेको छ। पहिले टोकन लिने १०० जनालाई पठाएपछि अरुलाई पठाउने गरिएको छ।
एमालेले एकपटकमा ५० जनालाई मतदान गर्न पठाइरहेको छ। भित्र मतदान जारी रहँदा च्यासलस्थित मतदान केन्द्रबाहिर कार्यकर्ताहरु नाचगान गरिरहेका छन्।
थोरै कार्यकर्ताले मात्रै आफ्नो पक्षका उम्मेदवारको नाममा नाराबाजी गरेका छन्।
33
Shares
प्रतिक्रिया