स्थानीय तहको निर्वाचन अन्तर्गत पुनः मतदान गरिएको बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ।
१० वटा वडामध्ये ६ वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस वडा नम्बर ८ मा प्यानलसहित विजयी भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यहाँ कांग्रेसका रमेशबहादुर रावल ३५९ मत सहित विजयी भएका छन्।
उनका प्रतिस्पर्धी एमालेका बिराज रावलले ३०१ म मात्रै ल्याउन सके।
यस्तै, वडा नम्बर ३ मा एमालेका खडकबहादुर अधिकारी प्यानलसहित विजयी भएका छन्।
अध्यक्षमा विजयी अधिकारीले उनले ५२८ मत ल्याए।
उनका प्रतिस्पर्धी कांग्रेसका गोरखबहादुर रौलेले २१९ मत मात्रै ल्याउने सकेका छन्।
यससँगै एमाले ५ वटा वडामा प्यानलसहित विजयी भएको छ।
एमालेले वडा नम्बर १,२,३,९ र १० मा प्यानलसहित बाजी मारेको हो।
मेयर-उपमेयरमा एमाले अगाडि
आधा बढी मतगणना भइसक्दा मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले फराकिलो अग्रता कायमै राखेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा माया कुमारी खड्का (कुँवर) ले फराकिलो अग्रता कायम राखेका हुन्।
५ हजार ४२५ मत गणना हुँदा मेयरमा एमालेका बानियाँले ३ हजार ३५१ मत सहित अग्रता बनाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १ हजार ९८९ मतसहित पछ्याइरहेका छन्।
यस्तै, उपमेयरमा एमालेकी कुवँरले ३ हजार २५८ मत सहित अग्रता कायम राखेकी छन्।
उनलाई पछ्याइरहेकी कांग्रेसकी रिता शाहीले १ हजार ८६२ मत ल्याएकी छन्।
अहिले वडा वडा नम्बर ४ र ७ को मतगणना भइरहेको छ।
बिहीवार भएको पुनः निर्वाचनमा बुढीगंगामा कुल ९ हजार १२८ मत खसेको थियो।
Shares
प्रतिक्रिया