ad ad

प्रविधि


सौर्य आँधीले अन्तरिक्षमै नष्ट हुन थाले स्पेसएक्सका दर्जनौं स्याटेलाइट

सौर्य आँधीले अन्तरिक्षमै नष्ट हुन थाले स्पेसएक्सका दर्जनौं स्याटेलाइट

नेपालखबर
माघ २७, २०७८ बिहिबार १३:५२, काठमाडौँ

विश्वका सबैभन्दा धनी  व्यक्ति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सका स्याटेलाइट आकाशमै नष्ट हुन थालेका छन्।  

अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार सौर्य आँधीको कारण गत साता प्रक्षेपण गरिएका ४९ मध्ये ४० साना स्याटेलाइट पुनः पृथ्वीको वायुमण्डल प्रवेश गरेर नष्ट भएको वा नष्ट हुने संघारमा रहेका छन्। 

स्पेसएक्सले मंगलबार राति दिएको जानकारीअनुसार गत शुक्रबार आएको भू–चुम्बकीय आँधीको कारण  कारण वायुमण्डलको घनत्व बढेको थियो, जसले स्पेसएक्सको स्टारलिंक स्याटेलाइटलाई आफूतर्फ तानेको थियो। 

पृथ्वीमा रहेका कन्ट्रोलरले त्यसलाई बचाउन प्रयास गरेका थिए। यद्यपि उक्त प्रयास असफल भएको थियो।

स्पेसएक्सले विश्वका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारको लागि करिब २ हजार स्याटेलाइट प्रक्षेपण गर्ने क्रममा छ।

अहिले नष्ट भएका स्याटेलाइट अस्थायी पोजिसनमा रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार अहिले नष्ट भएका स्याटेलाइटबाट अन्तरिक्षमा वा जमिनमा कुनै किसिमको जोखिम भने नरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .