ad ad

प्रविधि


भारतले लगायो थप ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

भारतले लगायो थप ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

नेपालखबर
फागुन २, २०७८ सोमबार १४:३२, काठमाडौँ

भारतले सुरक्षाको कारण देखाउँदै ५४ चिनियाँ एपमागि प्रतिबन्ध लगाएको छ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतले मुलुकको राष्ट्रिय सुरक्षाको लागि जोखिमपूर्ण रहेको भन्दै उक्त एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

यसअघि पनि भारतले चीनमा बनेको २२४ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियाे।

सन् २०२० को जुन महिनामा लद्दाखस्थित सीमामा दुई मुलुकका सैनिकबीच भएको झडपको केही दिनपछि भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले अहिले प्रतिबन्ध लगाइएका एपले प्रयोगकर्ताको डेटाहरु स्थानान्तरित गरिरहेको आरोप लगाएको छ।

अहिले प्रतिबन्ध लगाइएको एपहरुमा टेनसेन्ट, अलिबाबा र गेमिङ फर्म, नेटइजजस्ता ठूला कम्पनीका एप सामेल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .