ad ad

प्रविधि


नेपाली स्याट–१ ले लियो तीन मुलुकको तस्बिर

नेपाली स्याट–१ ले लियो तीन मुलुकको तस्बिर

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ११:३४,

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउन्ड स्टेसन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्बिर लिन सफल भएको हो।

करिब एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्बिर लिएको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयले दिएको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। उनले भने, ‘नास्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्बिर कैद गर्न सफल भएका छैनौँ। सो भूउपग्रह नेपाल आएर फर्केर जाँदा नास्ट रेडियो उपकरण मिलान गर्न सफल भएन।’ नास्टभित्रकै प्रविधिमा ससाना समस्या देखिएकाले सोको खरिद प्रक्रियामा नास्ट अघि बढेको ढकालले बताए।

नास्टले आफ्ना प्राविधिक इञ्जिनियरलाई ग्राउण्ड स्टेसनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ। नास्टले भूउपग्रहबारे तीनदेखि चार दिनको तथ्यांक संकलन गरेर अध्ययन गर्दा ती तस्बिर कैद भएको सूचना प्राप्त गरेको थियो। नेपालले गत वैशाख ४ गते नेपाली स्याट–१ नामक उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो।

नेपाली स्याट–१ मा पाँच मेगा पिक्सलको क्यामेरा जडान गरेका कारण यसबाट अलि धमिलो तस्बिर कैद हुने बताइएको छ। गत साउन पहिलो साता नेपाली स्याट–१ ले पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्वीर खिंचेको कुरा जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि नास्टले सार्वजनिक गरेको थियो।

नेपाली स्याट–१ सँग दुईदेखि तीन वर्षसम्म तस्बिर संकलन गर्ने क्षमता छ। जापानको ‘बर्ड–३’ परियोजनामार्फत मुलकले उक्त भूउपग्रहको काम अघि बढाएको थियो। नेपाली स्याट–१ सँगै गत वैशाख ४ गते श्रीलंकाले रावण– १ र जापानले युवुसु नामक भूउपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए। नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो। सो भूउपग्रहले ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छ। यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने नास्टले बताएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .