ad ad

प्रविधि


बेलायतले हुवावेको फाइभ–जी प्रयोग गर्नु पागलपन होः अमेरिका

बेलायतले हुवावेको फाइभ–जी प्रयोग गर्नु पागलपन होः अमेरिका

नेपालखबर
पुस २९, २०७६ मंगलबार ९:४२,

बेलायतले हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्नु पागलपन हुने अमेरिकाले बताएको छ।

हुवावे चीनको जासुसीको माध्यम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका थिए।

अमेरिकाले हुवावेलाई प्रतिबन्ध गरेको बताउँदै ट्रम्पले विश्वले हुवावे प्रतिबन्ध गनुपर्ने बताइरहँदा वेलायतले भने हुवावेको फाइभ जी प्रविधि स्वागत गरेको हो।

वेलायतका लागि अमेरिकी प्रतिनिधिले आफूहरुले हुवावेमा सुरक्षा खतरा देखेको बताएका छन्। ट्रम्पले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई समेत हुवावे प्रयोग नगर्न सुझाव दिएको बताइएको छ।

यद्यपी वेलायती अधिकारीहरुले आफूहरुले हुवावेमा समस्या नदेखेको बताइरहेका छन्।

हुवावेले पनि आफूहरु निजी कम्पनी भएकाले यसमा चीन सरकरको कुनै हस्तक्षेप नहुने बताउँदै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .