ad ad

राजनीति


माडी पुगेर प्रचण्डले भनेः राजनीतिमा जटिलता देखियो

माडी पुगेर प्रचण्डले भनेः राजनीतिमा जटिलता देखियो

नेपालखबर
पुस २९, २०७६ मंगलबार ९:४८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिकमा जटिलता देखा परेको बताएका छन्।

मंगलबार चितवनको माडीमा आयोजित प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालको केन्द्रीय राजनीतिमा जटिलता देखापरेको र आफूहरु त्यो जटिलता चिरेर अगाडि बढ्ने विश्वासमा रहेको बताए।

 ‘केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखिन खोज्छन् कहिलेकाहीँ’, उनले भने, ‘तिनलाई समधान गर्नका लागि लगातार छलफल गर्नु थियो। मलाई नेताहरुले, साथीहरुले यस्तोबेला बाहिर नजान भन्नुभएको थियो।’  केन्द्रीय राजनीतिमा देखिएका जटिलतामाथिको छलफललाई थाँती राखेर आफू माडी आएको र यहाँबाट फर्किएपछि  लगातार छलफलमा लाग्नुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले त्यो जटिलता के हो भन्ने बारेमा भने केही बताए पनि सभामुख चयन र एमसीसीलाई लिएर पछिल्लोपटक नेकपामा देखिएको विवादलाई उनले संकेत गरेको बुझ्न सकिन्छ।

पार्टीभित्र आन्तरिक विवादका कारण नेकपाले सभामुखमा उम्मेदवारी दिने भने पनि अहिलेसम्म उम्मेदवार चयन गर्न सकेको छैन।

अध्यक्ष प्रचण्डले अब माडी विकासको गतिमा अगाडि बढेको बताए। उनले अब माडीको आवाज विश्वभर सुनिने दावी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .