ad ad

कारोबार


प्रहरीले प्रयोग गर्ने लठ्ठीसमेत आयात गर्नुपर्ने बाध्यता छ: मन्त्री भट्ट

प्रहरीले प्रयोग गर्ने लठ्ठीसमेत आयात गर्नुपर्ने बाध्यता छ: मन्त्री भट्ट

नेपालखबर
पुस २९, २०७६ मंगलबार ९:४१,

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताएका छन्।

नेपाल प्रहरीले प्रयोग गर्ने लठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको उनले बताए। केही वर्ष अघिसम्म गाउँगाउँका जंगलहरुमा बेत पर्याप्त भएपनि अहिले जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको उनले बताए।

‘हिजो केटाकेटी बेलामा बेतको जंगलहरु धेरै देखेको थिएँ। अहिले फडानी गरेर त्यहाँ बस्ती बसेका छन्’, उनले भने, ‘प्रहरीलाई बेतको लठ्ठी भारतबाट आउने गरेका छन्। हाम्रो देशमा उन्नत जातका निगालोहरु पाउने भएपनि त्यसको सदुपयोग हुन सकेको छैन।’

मंगलबार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौता पत्र आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले स्रोत, साधन र कला भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताए।

मन्त्री भट्टले जुम्ला र दार्चुलाको राडीपाखी लिएर दिल्लीमा स–साना केटाहरु ब्यापारका लागि गएको स्मरण गरे। व्यापारघाटा बढ्यो भनेर मात्रै चिच्याउनुभन्दा अब घटाउनतिर सबै अग्रसर हुनुपर्ने उनको धारणा थियो। निर्वाचनको समयमा राजनीतिक दलहरुबीच बैचारिक द्वन्द्व हुने गरेको भएपनि विकास जनताका लागि गरिने भएकाले सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .