टिङटिङ बज्ने टेलिफोन होस् वा एन्टेना घुमाइरहनुपर्ने टेलिभिजन, प्रविधिले ती सबैलाई धेरै पछाडि छाडिदिएको छ।
किबोर्ड टेलिफोन हुँदै समय स्मार्टफोनमा आइसकेको छ। क्षणभरमै संसारलाई विश्वको जुनसुकै ठाउँमा बसेर निमेषभरमा चियाउन सकिने अवस्था प्रविधिले बनाएको छ। यतिबेला संसारका धेरै मानिसको हातमा रहेको प्रविधि स्मार्टफोन हो। के भविष्यमा यो पनि टेलिफोन र एन्टेनावाला टेलिभिजन जसैगरी विस्थापित हुनसक्छ?
स्मार्टफोन भविष्यमा कस्तो हुनेछ? यो प्रश्न धेरै पटक मनमा आउँछ। विशेषगरी यो उद्योगसँग सम्बन्धित कुनै पनि नयाँ प्रविधि देखिएपछि यस्ता सवाल उत्पन्न हुन्छन्। स्मार्टफोनलाई प्रतिस्थापन गर्नेगरी केही व्यक्तिले ह्युमेन नामक स्टार्टअप सुरु गरेका छन्।
प्पलका भूतपूर्व कर्मचारीहरूले करिब ५ वर्षअघि यो कम्पनी बनाएर स्मार्ट उपकरणको भविष्यका लागि काम गर्न थालेका थिए। यसैक्रममा कम्पनीले स्क्रिनविहीन प्रविधिको परिकल्पना गरेको छ। अर्थात् भविष्यमा यस्ता स्मार्टफोन हुनेछन्, जसको कुनै सेट वा स्क्रिन हुनेछैन।
कम्पनीले भर्खरै आफ्नो पहिलो उत्पादन सार्वजनिक गरेको छ। यसले भविष्यमा स्मार्टफोनहरू प्रतिस्थापन गर्ने दावी गरिएको छ। ह्युमेनका संहसंस्थापक इमरान चौधरीले लोकप्रिय टक शो टेड टकमा उनले आफ्नो पहिलो उत्पादनसहित एक प्रस्तुति दिएका छन्। जहाँ उनी स्क्रिन र सेटबिनाको फोनमार्फत् श्रीमतीसँग वार्ता गर्छन्। उनले टेड टकमा एआई उपकरणको उक्त स्क्रिनलेस डिभाइ यन्त्र आफ्नो ज्याकेटको खल्तीमा राखे र केही समयपछि उनकी श्रीमती बेथानी बोन्गियोर्नोको फोन आयो।
खल्तीमा राखिएको डिभाइसको प्रोजेक्टरले इमरानको हत्केलामा भएको कलको प्रतिबिम्ब देखाएको थियो। त्यहाँ कलहरू प्राप्त गर्ने र काट्ने विकल्प पनि थियो। उनले फोन रिसिभ गरे र श्रीमतीसँग कुरा पनि गरे। स्क्रिनलेस डिभाइसले आर्टिफिसियल इन्टेलिजेन्सको पनि सपोर्ट लिन्छ। यसले अनुवाद र इमेल पढ्ने जस्त काम गर्न सक्छ।
यद्यपि, केही अपडेटहरू आउन बाँकी रहेको छ।
यस प्रविधिमा काम गर्न ह्युमेन कम्पनीले १३ अर्ब १२ करोड अमेरिकी डलर फण्ड पनि प्राप्त गरेको छ।
उक्त फोनले स्मार्टफोन, ल्यापटप, ट्याबलेट, स्मार्टवाच जस्ता सबै ग्याजेटलाई प्रतिस्थापन गर्ने बताइएको छ।
Shares
प्रतिक्रिया