ad ad

प्रविधि


इन्टरनेटका ‘नाइस म्यान’ मिस्टरबिस्टविरुद्ध ५४ पृष्ठ लामो मुद्दा

इन्टरनेटका ‘नाइस म्यान’ मिस्टरबिस्टविरुद्ध ५४ पृष्ठ लामो मुद्दा

नेपालखबर
असोज ६, २०८१ आइतबार १४:३८, काठमाडौँ

आधा अर्ब समर्थक, दसौँ लाख डलर सम्पत्ति र एक विश्वव्यापी व्यवसाय साम्राज्य भएका मिस्टरबिस्टले चर्चित जिम्मी डोनाल्डसनविरुद्ध ५४ पृष्ठ लामो मुद्दा दायर भएको छ। 

मिस्टरबिस्टलाई इन्टरनेटका सर्वाधिक रुचाइएका असल व्यक्तिका रुपमा चिनिन्छ। उनको प्रडक्सन कम्पनी मिस्टरबी२०२४ र लस एनजलसमा रहेको अमेजनविरुद्ध आउँदो प्राइम भिडिओ शो बिस्ट गेम्सका ५ महिला प्रतिस्पर्धीले कानुनी उपचार खोजेका हुन्। 

रियालिटी कम्पिटिसन सिरिजकै हालसम्मको ठूलो मानिएको शो प्रसारण हुँदा ५० लाख अमेरिकी डलरका लागि १ हजार प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्दै छन्। तर अहिले परेको मुद्दाले शोलाई नै संकटमा धकेलिदिएको छ। 

प्रतिस्पर्धीले अदालतमा हालेको मुद्दामा शोमा उनीहरुले सामूहिक रुपमा महिलाद्वेषी, लैंगिक रुपमा विभेदकारी र कठिन वातावरणको सामना गर्नुपरेको आरोप लगाएका छन्। 

गत अगस्टमा न्युयोर्क टाइम्सले अप्रसारित शोका सहभागीसँग सम्पर्क गरेको थियो। सो क्रममा धेरैलाई हस्पिटल भर्ना हुनुपरेको, २० घण्टासम्म खाना नदिई काम गराएको खुलेको थियो। यसबाहेक यौनिक हिंसा समेत भएको लगायतका विविध आरोप लागेको हो। 

यसले इन्टरनेटमा असल भनिएका मिस्टरबिस्टको छविलाई धुमिल बनाइदिएको छ। 

युट्युबमा मिस्टरबिस्टका ३१ करोड ६० लाख बढी फलोअर छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .