ad ad

प्रविधि


टिकटकले भारतलाई एक अर्ब बराबरको स्वास्थ्य सामग्री प्रदान गर्‍यो

टिकटकले भारतलाई एक अर्ब बराबरको स्वास्थ्य सामग्री प्रदान गर्‍यो

नेपालखबर
चैत १९, २०७६ बुधबार १२:३२,

चीनको विश्व चर्चित मनोरन्जनात्मक भिडियो सामाजिक सन्जाल टिकटकले भारतलाई एक अर्ब भारतीय रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

टिकटकले कोरोना भाइरस नियन्त्रणमा लागि परेको भारतलाई चार लाख चिकित्सकीय सुट र दुई लाख मास्क प्रदान गरेको इकोनोमिक टाइम्सले जनाएको छ।

उक्त स्वास्थ्य सामग्रीहरु सय करोड भारतीय रुपियाँ बराबरको भएको जनाइएको छ।

चाँडै उक्त स्वास्थ्य सामग्री चिकित्सकहरुलाई प्रदान गरिनेछ।

भारतमा ११ करोड ९० लाख टिकटक प्रयोगकर्ताहरु छन्। विश्वभर भने ५० करोड टिकटक प्रयोगकर्ता दैनिक अनलाईन हुने जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .