ad ad

समाज


आज राति देशका अधिकांश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना

आज राति देशका अधिकांश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना

नेपालखबर
चैत १९, २०७६ बुधबार १२:३४,

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताइन्।

उनका अनुसार हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ। सो प्रणालीको प्रभाव बढी पहाडी भू–भागमा पर्ने जनाइएको छ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागमा अपराह्नपछि एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

शुक्रबार देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने औँल्याइएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .