ad ad

प्रविधि


मानिसको दिमागमा राख्ने चिप विकास गरिरहेका मस्क भन्छन्: त्यसपछि भाषाको उपयोगिता समाप्त हुन्छ

मानिसको दिमागमा राख्ने चिप विकास गरिरहेका मस्क भन्छन्: त्यसपछि भाषाको उपयोगिता समाप्त हुन्छ

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १२:५४,

टेस्लाका प्रमुख इलन मस्कले केही वर्षमै भाषाको उपयोगिता समाप्त हुने अनुमान गरेका छन्।

उनको न्युरो टेक्नोलोजीसम्बन्धी कम्पनी न्युराटेकबारे कुराकानी गर्दै मस्कले एक दशकसम्ममा भाषा निकम्मा हुने बताएका हुन्।

आफ्नो कम्पनीले मानिसको दिमागमा चिप राख्ने प्रविधि विकास गरिरहेको र त्यसले बोल्नुपर्ने आवश्यकतै नरहने उनको भनाइ छ।

‘ब्याट्रीबाट चल्ने यो चिप दिमागको जुनसुकै क्षेत्रमा पनि सञ्चार गर्न सक्ने हुनेछ। त्यसैले यसले कमजोर दृष्टि क्षमताको उपचार गर्न पनि सहयोग गर्नेछ,’ मस्कले भने, ‘सैद्दान्तिक रुपमा यसले दिमागका हरेक कमजोरीलाई ठिक गर्न सक्छ।’

सुरुवातमा यस्तो यन्त्र ब्रेन इन्जुरी तथा मानसिक असन्तुलनको उपचारमा केन्द्रित हुने उनको भनाइ छ। तर, पछिपछि यसले थुप्रै काम गर्न सक्ने उनले बताए।

‘तपाईंले बोलिराख्नै पर्दैन। नबोलिकनै एकदमै छिटो र एकदमै स्पष्टताका साथ तपाईं सञ्चार गर्न सक्नुहुनेछ। भाषाको के गति हुन्छ, मलाई थाहा छैन। तपाईं अर्को भाषामा कुराकानी गर्न चाहनुहुन्छ भने त्यही भाषाको प्रोग्राम डाउनलोड गरे पुग्छ,’ उनले भने।

‘यद्यपि भावनात्मक कारणले हामी बोल्न छाड्ने छैनौँ,’ उनले थपे।

मस्कले आगामी वर्षभित्रै मानिसको मस्तिष्कमा चिप राख्न सकिने आशा व्यक्त गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .