ad ad

समाज


लकडाउनमा नेपालबाट फर्किए ५ हजार विदेशी, कुन देशका कति?

लकडाउनमा नेपालबाट फर्किए ५ हजार विदेशी, कुन देशका कति?

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १२:५८,

कोभिड-१९ को जोखिम औंल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झन्डै ५ हजार विदेशी नागरिक आआफ्ना मुलुक फर्केका छन्।

नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका ४ हजार ८७४ विदेशी नागरिक आआफ्ना मुलुक फर्किएका हुन्।

सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो। यस अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेको अध्यागमन विभागले जनाएको छ। यस अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएका छन्।

नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर लगेका हुन्। यस अवधिमा सबैभन्दा बढी संयुक्त अधिराज्यका ६ सय ६६ जना स्वदेश फर्केका विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

यसैगरी जर्मनीका ६५६, अमेरिकाका ५३५, फ्रान्सका ४२५, क्यानाडाका ३२२, अस्ट्रेलियाका २३६, नेदरल्यान्डका १७६, दक्षिण कोरियाका १६३, जापानका १६२, स्पेनका १३४, स्विट्जरल्यान्डका ११४, इटालीका ११३ तथा रसियाका १०४ जना आफ्ना मुलुक फर्केका हुन्। 

यसैगरी पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलङ्काका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५/४५, भूटानका ४४, डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२ र ब्राजिलका ३१ नागरिक स्वदेश फर्केका छन्। 

यस्तै हङ्गेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१/२१, चीन र भारतका २०/२०, सिङ्गापुरका १९, माल्दिभ्सका १२, दक्षिण अफ्रिकाका ११, मेक्सिको र रोमानियाका ७/७, स्लोभाकियाका ६, बेलारुसका ६, अर्मेनिया, लिथुवानिया, युएनओ, लाटभिया र बुल्गेरियाका ४/४ नागरिक फर्किएका विभागले जनाएको छ।

यस्तै लक्जेमबर्ग, मङ्गोलिया र आइसल्यान्ड ३/३, अर्जेन्टिना, चिली, ग्रिस, इरान, माल्टा, स्लोभानिया, ताइवान, संयुक्त अरब इमिरेटस् र यमनका २/२ तथा अन्य मुलुकका १८ नागरिक पनि लकडाउनको अवधिमा स्वदेश फिरेका छन्।रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .