ad ad

प्रविधि


एप्समा प्रतिबन्ध लगाए पनि भारतले चिनियाँ सीसीटीभी प्रयोग गर्छ

एप्समा प्रतिबन्ध लगाए पनि भारतले चिनियाँ सीसीटीभी प्रयोग गर्छ

नेपालखबर
पुस ५, २०७७ आइतबार ७:२२,

देशको राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले चिनियाँ एप्स र प्रविधि सामग्रीमाथि प्रतिबन्ध लगाउनु परेको भारतको भनाइ छ।

यी एप्सहरुले भारतीय प्रयोगकर्ताको डेटा चीन सरकारलाई बुझाउने भारतको आशंका छ।

गत जुन महिनामा चिनियाँ र भारतीय सेनाबीच झडप भएयता भारतमा चिनियाँ सामग्री बहिष्कार गरिनुपर्ने आवाज उठ्दै आएको छ।

यद्यपी भारतले चीनको प्रविधि सामग्री प्रयोग गर्न भने अझै छाडेको छैन।

TIME8 News | Patriotic People's Front Assam bats for befitting reply to  'imperialist' China

टप१०भीपीएनको अध्ययन अनुसार भारत चीनको सीसीटीभी सर्वाधिक रुपमा प्रयोग गर्ने विश्वकै छैठौं मुलुक हो।

तथ्यांक अनुसार भारतले चीनको ७३ हजार ६८९ सीसीटीभी प्रयोग गरेको छ। भारतले दाहुवा र हिकभिजन कम्पनीको सीसीटीभी प्रयोग गर्दछ।

यी दुवै कम्पनीको सम्बन्ध चीनको कम्युनिस्ट पार्टीसँग भएको बताइएको छ।

यसबीचमा भारतमा यी कम्पनीको सीसीटीभी प्रयोग गर्न नहुने आवाज उठ्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .