ad ad

समाज


सुरक्षा चुनौतीबारे सेना आन्तरिक छलफलमा

सुरक्षा चुनौतीबारे सेना आन्तरिक छलफलमा

नेपालखबर
पुस ५, २०७७ आइतबार ७:२१,

सरकारले संसद विघटनको सिफारिस गरेसँगै नेपाली सेनाले त्यसबाट उत्पन्न हुने सुरक्षा चुनौतीबारे छलफल गरिरहेको छ।

जंगी अड्डामा दुई घण्टादेखि छलफल चलिरहेको सैनिक स्रोतले जानकारी दिएको छ।

‘जंगी अड्डाको छलफलपछि त्यही अनुसार सबै ब्यारेकमा सुरक्षा सतर्कताका लागि योजना बनाउन निर्देशन जान्छ, संभावित कदमबारे छलफल भइरहेको छ’, सैनिक स्रोतले नेपालखबरसँग भन्यो।

नेपाल प्रहरीले भने सुरक्षा चुनौतीबारे देशभर सर्कुलर जारी गरिसकेको छ। तत्काल विरोधका कार्यक्रमहरु हुन सक्ने र त्यो कुन हदसमको हुन सक्छ त्यही अनुसार योजना बनाउन भनिएको प्रहरी मुख्यालयले जनाएको छ।

यस विषयमा अहिलेसम्म सरकारबाट कुनै निर्देशन नआए पनि सुरक्षा निकायले आन्तरिक छलफल गरेर योजनामा लागेका हुन्। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि मातहतमा सुरक्षा चुनौतीको अध्ययन गर्न निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .