ad ad

प्रविधि


संसारकै धनी टेस्ला प्रमुख एलन मस्कले गरे १० करोड डलर दान गर्ने घोषणा

संसारकै धनी टेस्ला प्रमुख एलन मस्कले गरे १० करोड डलर दान गर्ने घोषणा

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ९:४५,

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला इन्क र स्पेस एक्सका प्रमुख एलन मस्कले कार्बनडाई अक्साइड उत्सर्जन कम गर्ने कार्बन क्याप्चर टेक्नोलजीलाई प्रोत्साहनका लागि १० करोड डलर पुरस्कार घोषणा गरेका छन्।

रोयटर्सका अनुसार जलवायु परिवर्तन रोक्न प्लेनेट–वार्मिङ उत्सर्जन कम गर्ने धेरै योजनाको एक महत्वपूर्ण हिस्सा बन्न लागिरहेको छ। तर आजका मितिसम्म टेक्नोलजीमा निकै कम मात्र प्रगति भएको छ, जसमा हावाबाट कार्बन निकाल्नेभन्दा उत्सर्जन कटौती गर्नेमा ध्यान बढी केन्द्रित छ।

संसारमै सबैभन्दा धनी मस्कले विश्वमा कार्बन उत्सर्जन बढ्दो देखेर त्यस्तो इनामको घोषणा गरेका हुन्। मस्कले बिहीबार ट्विटरमा लेखेका छन्, ‘म कार्बन उत्सर्जन न्यूनीकरण गर्ने सर्वश्रेष्ठ टेक्नोलजीका लागि सय मिलियन डलर दान गर्दै छु।’ 

उनले अर्काे टि्वट गर्दै यस विषयमा अर्काे हप्ता विस्तृत जानकारी दिने बताएका छन्।  

हेर्नुहोस्, मस्कले गरेका ट्विट-

याे पनि : संसारकै धनी व्यक्ति बने टेस्लाका प्रमुख एलन मस्क, एक वर्षमै बढ्यो ५१ अर्ब 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .