ad ad

कारोबार


संसारकै धनी व्यक्ति बने टेस्लाका प्रमुख एलन मस्क, एक वर्षमै बढ्यो ५१ अर्ब

संसारकै धनी व्यक्ति बने टेस्लाका प्रमुख एलन मस्क, एक वर्षमै बढ्यो ५१ अर्ब

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ५:८,

कार कम्पनी टेस्लाका प्रमुख एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।

स्पेस एक्सका संस्थापकसमेत रहेका उनी अमेजनका मालिक जेफ बेजोसलाई पछाडि पार्दै विश्वकै धनी व्यक्तिमा दरिएका हुन्।

बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्‍याएको ब्लुमबर्ग पत्रिकाले जनाएको छ।

योसँगै बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम देखिएको हो। कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स अहिले तेस्रो नम्बरमा परेका छन्।

एक वर्षअघिसम्म (सन् २०२० मा) मस्कोको सम्पत्ति १४० अर्ब मात्र थियो। एक वर्षमै कुनै मानिसको सम्पत्ति यति धेरै बढेको आफूले संसारका अर्बपतिको सूची बनाउन सुरु गरेयता पहिलोपटक भएको फोर्ब्स पत्रिकाले जनाएको छ। 

उनी चर्चित कार कम्पनी टेस्ला र रकेट निर्माता स्पेस एक्सका मालिक हुन्। बिहीबार टेस्लाको सेयर मूल्य आकाशिएपछि मस्कले अमेजनका बेजोसको स्थान लिएका हुन्।

सन् २०१७ यता बेजोस विश्वकै धनी बनेका थिए। यो वर्ष मस्कको कम्पनी टेस्लाको सेयर ७ सय प्रतिशतभन्दा धेरैले बढेको थियो। बुधबारमात्रै टेस्लाको बजार मूल्यांकन ७ खर्ब अमेरिकी डलर पुगेको थियो।

अहिले टेस्लाको बजार मूल्यांकनले विश्व खाएका टोयोटा, फक्सवागन, ह्युन्डाई, जीएम र फोर्डको कुल मूल्यांकनलाई पनि पछाडि पारेको बीबीसीले जनाएको छ।

टेस्ला विद्युतीय कार निर्माता हो। पछिल्लो समय चीनमा समेत टेस्लाले कार उत्पादन थालेको छ। चीन कार कम्पनीहरुको मुख्य बजार हो। टेस्लाका कारको माग चीनमा समेत बढेको छ भने अर्को ठूलो बजार भारतमा सन् २०२१ भित्रै टेस्ला प्रवेश गर्दै छ।

याे पनि -
टेस्ला : ‘डलर लखपति’ जन्माउने कार कम्पनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .