ad ad

समाज


एक महिनादेखि बेपत्ता सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो, पतिसहित पाँच पक्राउ

एक महिनादेखि बेपत्ता सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो, पतिसहित पाँच पक्राउ

शैलेन्द्र महतो
असार २७, २०७८ आइतबार १३:३४,

एक महिना बढीदेखि बेपत्ता महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको सेप्टिक ट्यांकीमाफेला परेको छ।

आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा सुजिताको शव फेला परेको हो। 
गएको जेठ २० गते बेपत्ता सुजिताको शव अवशेष अवशेष (कपाल, चुरा, कपडा) घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते फेला परेको थियो। 

व्यापक खोजतलास पश्चात महोत्तरी प्रहरीले सडेको अवस्थामा शव फेला पारेको हो। 

परिवारजनले सुजिताकै शव रहेको सनाखत गरेको र बाँकी कुरा पोस्टमार्टमबाट खुल्ने महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। 

माइतीपक्षले सुजिताको हत्या गरेको दावी गर्दै आएको छ। हत्या गरेर शव लुकाएको आरोपमा प्रहरीले सुजिताका पति मुकेश ठाकुर, देवर रुपेश ठाकुर लगायत पाँचजनाला पक्राउ गरेको छ। 

शवको अवशेष फेला परेकै दिन सुजिताको हत्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो। पछि पुनः सोहि घटनामा संलग्न ३ जना पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ। 

घटनाको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने एसपी आचार्यले बताए। 

एकसाता अघि माइती पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पति, देवर, सासुसुरा देवरानी लगायत ६ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएको थियो। 

परिवारबाट पटक पटक चरम यातना पाएकी सुजिता जेठ २० गते बेपत्ता भएकी थिइन्। 

सुजिताको हत्याबारे उनकै ५ वर्षीय छोराले खुलाएपछि माइतीपक्ष र समाजिक अभियन्ता सरोज राय, गुञ्जा रायको पहलमा प्रहरीले खोज तलास सुरु गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .