ad ad

समाज


सुजिता हत्याका मुख्य नाइके देवर रुपेश, शव लुकाउन अन्य तीन जनाको सहयोग

सुजिता हत्याका मुख्य नाइके देवर रुपेश, शव लुकाउन अन्य तीन जनाको सहयोग

शैलेन्द्र महतो
असार २९, २०७८ मंगलबार २०:२५,

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्या तथा शव लुकाउन संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 
सुजिताकै देवर अर्थात पतिराम ठाकुरका २९ वर्षीय छोरा रूपेश ठाकुरसहित चारजनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा स्थानीय रामचन्द्र मण्डलका छोरा वर्ष ३७ का बण्ठा भन्ने किशोरी मण्डल, हकिम कवारीका छोरा वर्ष ३३ का मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलका छोरा वर्ष ३२ का नथुनि मण्डल रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। 

सुजिताको हत्यामा भने देवर रुपेशको मात्र संलग्नता रहेको उनले बताए। अन्य तीन जनाको शव स्थानान्तरण गरी लुकाउनमा संलग्नता देखिएको प्रहरीले जनाएको छ। सुजिताका श्रीमान ३१ वर्षीय मुकेश ठाकुरको घटनामा कुनै संलग्नता नदेखिएपछि उनलाई छाडिएको छ। उनलाई सुजिताका बुबा पीपरा गाउँपालिका वडा नं. ६ रतौली बस्ने कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।  

रुपेशले एक्लै गरे हत्या, यसरी लुकाए शव 
प्रहरीका अनुसार सुजिताको हत्या जेठ २० गते बिहान ८।९ बजेको बिचमा  नै देवर रुपेशले गरेको खुलेको छ। देवर रुपेशले सुजिताको कोठा भित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए। 

सुजिताको हत्या पश्चात दिनभरी शवलाई सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको थियो। राति साढे ८ देखि ९ बजेको बिचमा आफ्नै ट्याक्टरमा सुजिताको शव राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनि गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

शव गाडेको भोलिपल्ट सो ठाउँमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरिएको थियो।  

अरुले थाहा पाउने देखेपछि जेठ २९ गते मध्यराति पुनः शव खनेर निकाली घरबाट ५ सय मिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसँग जोडिएको आफ्नै चिरान मिलको गोदामको जग्गाको उत्तरतर्फको भागमा निर्माणाधिन सेप्टिक ट्याङकीमा ४ फिट गहिरो खाल्डो खनि शव पुनः गाडेका थिए। शव गाडेर माथिबाट ६ ईन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरु राखेका थिए। पहिले शव गाडेको स्थानमा भोलिपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेका थिए।

जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो। खोजविनको क्रममा असार २७ गते बिहान घरबाट ५ सय मिटर पर आफ्नै काठ चिरान मिलको नजिक निर्माणाधिन पेट्रोल पम्पको छेउमा शौचालयको सेप्टिक ट्यांकीमा खाल्डो खनी गाडेर माथिबाट प्लास्टर गरेको अवस्थामा फेला परेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .