ad ad

समाज


साढे १८ किलो अफिमसहित नेपालगञ्जबाट पाँच जना पक्राउ

साढे १८ किलो अफिमसहित  नेपालगञ्जबाट पाँच जना पक्राउ

नेपालखबर
असार ४, २०७६ बुधबार ११:३६,

नेपाल प्रहरीले साढे १८ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ।

 बुधबार बिहान प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५ सय ग्राम अफिमसहित पाँच जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख (डीआईजी) पिताम्बर अधिकले पुष्टि गरे।

पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलङ्गा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन्।

विशेष सुराकीका आधारमा गएको प्रहरी टोलीले पाँचै जनालाई सो अफिमसहित पक्राउ गरेको हो।

‘रिफाइन नगरिएको साढे १८ केजी अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएका छौँ’, डीआईजी अधिकारीले नेपालखबरसँग कुरा गर्दै भने, ‘यसबारे अहिले हामी अनुसन्धान गर्दैछौँ।’

पछिल्लो समय नेपालगञ्ज आसपासका क्षेत्रकमा लागुऔषधको कारोबार बढेको सूचनापछि प्रहरीले सम्भावित क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .