ad ad

समाज


अमेरिका, बेलायत, अस्ट्रेलिया र ईयूले साइबर आक्रमणको आरोप लगाएपछि रुष्ट चीनले यसो भन्यो...

अमेरिका, बेलायत, अस्ट्रेलिया र ईयूले साइबर आक्रमणको आरोप लगाएपछि रुष्ट चीनले यसो भन्यो...

(फाइल तस्बिर)


नेपालखबर
साउन ५, २०७८ मंगलबार १८:१९,

माइक्रोसफ्ट एक्सचेन्जको सर्भरलाई निशाना बनाउँदै चीनले साइबर आक्रमण गरेको अमेरिका, बेलायत, अस्ट्रेलिया र युरोपेली संघ ईयुले आरोप लगाएका छन्।

न्युजील्यान्डले पनि अमेरिका लगायतका राष्ट्रको समर्थन जनाउँदै चीनले माइक्रोसफ्टमा साइबर आक्रमण गरेको बताएपछि चीनले प्रतिक्रिया जनाएको छ।

आफूलाई पश्चिमा राष्ट्रहरुले साइबर आक्रमणको आरोप लगाएपछि आक्रोशित बनेको चीनले जवाफ दिएको हो।

न्युजिल्यान्डस्थित वेलिङ्टनको चिनियाँ दूतावासले आरोपहरुको खण्डन गर्दै पश्चिमा राष्ट्रको आरोपहरु निराधार र गैरजिम्मेवारपूर्ण रहेको जनाएको छ।

‘चीनको सरकार साइबर सुरक्षाको कट्टर संरक्षक हो। बिना प्रमाण आरोप लगाउनु द्वेषपूर्ण कार्य हो’ चिनियाँ दूतावासले चेतावनी दिँदै भनेको छ,‘हामी न्युजिल्यान्डबाट कडा रुपमा यो भन्न चाहन्छौं कि साइबर अपराध सम्बन्धी घटनाहरुको बारेमा आधारहिन कुरा गरेर शीतयुद्धको मानसिकता छोड्नुपर्छ र व्यावसायिक र जिम्मेवार दृष्टिकोण अपनाउनु पर्छ।’

माइक्रोसफ्ट एक्सचेन्जको सर्भरमा चीनले ह्याकिङ गर्दा ३० हजार सर्भर प्रभावित भएको पश्चिमा राष्ट्रहरुको आरोप रहेको छ। बीबीसी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .