जनकपुरमा एक युवक मृत फेला परेका छन्।
धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्दचोकको पश्चिम सडकछेउमा अन्दाजी २५ वर्षीय युवकको शव पेला परेको हो।
बेवारिसे अवस्थामा युवकको लास देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गारएका थिए। मृतक युवकको परिचय खुल्न सकेको छैन।
पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल (जनकपुर) मा राखिएको छ।
उनको अनुहारमा चोटपटकका डाम देखिएका छन्। घोप्टो लडेका कारण अनुहारमा चोट लागेको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले अनुुमान गरेको छ।
घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
672
Shares
प्रतिक्रिया