ad ad

समाज


पाकिस्तानी सेनाको आक्रमणमा ९ भारतीय सेनाको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणमा ९ भारतीय सेनाको मृत्यु

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ९:२२,

 भारतीय सेनाले युद्धविरामको उल्लंघन गरेर शाहकोट र नौसेरी सेक्टरमा त्यहाँका नागरिकमाथि आक्रमण गरेपछि पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले बताएका छन्।

 उनले ट्वीटरमा भनेका छन्,‘भारतले शाहकोट र नौसेरी सेक्टरमा युद्धविरामको उल्लंघन गरेर नागरिकलाई निशाना बनाएको छ।’

 उता भारतीय सेनाले भने पाकिस्तानी सेनाले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको छ।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले एक वक्तव्य जारी गर्दै पाकिस्तानी सेनाले जम्मु कस्मिरको गुनधीशत गाउँ र टन्गधरमा गोलबारी गरेको बताएको छ।

 भारतीय सेनाका अनुसार पाकिस्तानी सेनाको गोली लागी एक सर्वसाधारण ५५ वर्षका मोहम्मद सादिकको मृत्यु भएको छ।

 एएनआई समाचार संस्थाका अनुसार भारतीय सेनाको गोली लागी ४ पाकिस्तानी सेनाको मृत्यु भएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .