ad ad

समाज


सडक अतिक्रमण हटाउन महेन्द्रनगरमा डोजर चल्यो

सडक अतिक्रमण हटाउन महेन्द्रनगरमा डोजर चल्यो

गोकुल जोशी
कात्तिक ३, २०७६ आइतबार १०:१३,

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिकाको ४ र ६ सीमामा रहेको सडक अतिक्रमण हटाउन आनाकानी गरेपछि डोजर प्रयोग गरी हटाउन सुरु गरिएको छ।

आइतबार शिवधामदेखि महेन्द्रनगर बसपार्क आसपासको क्षेत्रका सडकको क्षेत्रभित्र पर्ने सम्पूर्ण संरचनाहरु हटाइएको छ।

भीमदत्त नगरपालिका र सडक डिभिजन कार्यालय महेन्द्रनगरले असोज २८ बजार क्षेत्रको सौन्दर्यलाई बिगार्ने तवरले अनाधिकृत रुपमा भएको सडक अतिक्रमण हटाउन पत्राचार गरेको थियो। तर, राजमार्ग छेउछाउका सडक अतिक्रमण गरी खडा गरिएका खोका, छाप्रा, पार्किङ्ग, निर्माण सामग्री थुपार्ने जस्ता क्रियाकलाप नरोकिएपछि भीमदत्त नगरपालिका–४, ६, नमूना युवा संसद तथा सडक डिभिजन कार्यालको संयुक्त पहलमा डोजर लगाएर अतिक्रमण हटाउन सुरु गरिएको ४ नम्बर वडाका वडाध्यक्ष लक्ष्मीदत्त बोहराले बताए।

सडकको केन्द्रविन्दुबाट २५÷२५ मिटर दायाँ–बायाँ सडक क्षेत्रमा पर्ने हुँदा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडक क्षेत्रभित्र कुनै संरचना तथा सडक अवरुद्ध पार्ने गरी अनाधिकृत रुपमा सडक कब्जा गर्न नहुने व्यवस्था छ।

शुक्रवार बसेको सर्वपक्षीय बैठकले क अतिक्रमण नहटाएको भन्दै शक्ति प्रयोग गरी हटाउने निर्णय गरेको थियो। महेन्द्र राजमार्गको महेन्द्रनगर बजार क्षेत्र अन्तर्गत शिवधामदेखि भाँसीसम्म सडक अतिक्रमण हटाउन आइतबारदेखि अभियान सुरु भएको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष हरकसिंह धामीले बताए।

‘भीमदत्तलाई सभ्य सहर बनाउन सडक अतिक्रमण खाली गर्न सुरु गरिएको छ’, उनले भने ‘यो नगरपालिका पश्चिमी सीमानाकाको नगर हो, भ्रमण वर्षमा आउने अधिकाँश पर्यटकहरु गड्डाचौकी नाकाबाट आउँछन्, स्वच्छ, चिटिक्क र सभ्य सहरमा स्वागत गर्न बजार व्यवस्थापन कार्यलाई प्राथमिकता दिएर अघि बढेका छौँ।’

सडक डिभिजन कार्यालयको बैठकमा डिभिजन प्रमुख अर्जुनकुमार बमले सडक अतिक्रमणले सवारी अस्तव्यस्त र दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण हटाएर खाली नगरी नहुने अवस्था देखिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .