ad ad

अटो


सोनालिका ट्रयाक्टरमा पेट्रोनस आयल प्रयोग गरिने, नेपालका लागि लुब्रि–एक्स सार्वजनिक

सोनालिका ट्रयाक्टरमा पेट्रोनस आयल प्रयोग गरिने, नेपालका लागि लुब्रि–एक्स सार्वजनिक

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १०:१२,

नेपाली बजारमा बिक्री–वितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुनेछ। यसका लागि सोनालिका र पेट्रोनसबीच सहकार्य भएको छ। पेट्रोनसले यसका लागि लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा सार्वजनिक गरेको छ।

शनिबार आयोजित एक कार्यक्रममा पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले सो आयल सार्वजनिक गरे।

सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुृका साथै इन्जिनको आयु बढाउन सहयोग गर्छ। त्यसैगरी यसले ब्रेक, डिस्क, गियरबक्स र हाइड्रोलिक लिफ्टको आयु समेत बढाउँछ। सो इन्जिन आयल १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध छ। नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफर समेत ल्याइएको छ। यस अन्तर्गत अक्टोबरदेखि डिसेम्बरसम्म ३ महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर समेत सार्वजनिक गरिएको छ।

सो अवसरमा दुवै कम्पनीका नेपालस्थित च्यानल पार्टनरहरुको सहभागिता थियो। पेट्रोनस र सोनालिका आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै परिचित कम्पनी हुन्। सन् १९७४ मा स्थापित मलेसियन कम्पनी पेट्रोनसका अटोमोटिभ तथा इन्डष्ट्रियल लुब्रिकेन्ट विश्वका ९० भन्दा बढी देशमा बिक्री हुन्छन्। विश्वका प्रमुख १० लुब्रिकेन्ट कम्पनीमा पेट्रोनस पनि पर्छ।

IMG_2079.jpg

पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ। नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ। पेट्रोनस लुब्रिकेन्ट फर्मुला वान, डकार ¥याली र मोटोजिपी जस्ता मोटर स्पोर्ट्स गेममा समेत प्रयोग गरिन्छ। मर्सिडिज पेट्रोनस एएमजीले २०१४ देखि २०१८ सम्म लगातार फर्मुला वान रेस जितेर रेकर्ड कायम गरेको छ र यसरी ५ पटक लगातार रेस जित्ने पहिलो लुब्रिकेन्ट ब्रान्ड बनेको छ। यो वर्ष पनि सो रेस जितेर ६ पटक रेस जित्ने ब्रान्ड बन्ने तयारीमा छ।

त्यसैगरी सोनालिका ट्रयाक्टर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने ट्रयाक्टरमा पर्छ। अन्तर्राष्ट्रिय बजारमा जस्तै नेपाली बजारमा पनि यी दुई कम्पनी बीच सहकार्य भएकोमा दुवै कम्पनीका प्रतिनिधिहरुले खुसी ब्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .