बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गएराति साढे १० बजे दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।
प्रदेश २-०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। दुर्घटनामा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साहको मृत्यु भएको छ।
त्यसैगरी दुर्घटनामा प्रदेश २-०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैनादेवी साहको पनि मृत्यु भएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
15
Shares
प्रतिक्रिया