नेपाल–भारत सीमामा तैनाथ दुई देशका महिला–पुरुष सुरक्षाकर्मीले आइतबार आपसमा रक्षाबन्धन बाँधेर आत्मीयता प्रकट गरेका छन्।
सिरहासँग सीमा जोडिएको दशगजापारि भारतको बिहार मधुवनी जिल्लाको जयनगरमा जयनगर महिला विकास मञ्चले आइतबार आयोजना गरेको रक्षाबन्धन कार्यक्रममा सहभागी भई उनीहरूले आपसी सम्बन्ध सुमधुर बनाएका हुन्।
पौराणिककालदेखि कायम नेपाल र भारतबीचको रोटीबेटी सम्बन्धलाई अझ प्रगाढ बनाउन पहिलोपटक रक्षाबन्धन कार्यक्रम आयोजना गरिएकाे मञ्चले जनाएकाे छ।
नेपालका महिला सशस्त्र प्रहरी जवानले भारतका एसएसबी र उताका महिला एसएसबी जवानले यताका सशस्त्र प्रहरी जवानलाई राखी बाँधिदिएका हुन्।
महिला विकास एवं उत्थानका लागि क्रियाशील महिला विकास मञ्चले कार्यक्रमले दुई देशबीच सदैव सुमधुर रहिरहने जनाएको छ।
कार्यक्रममा विधिविधानपूर्वक मिठाइ खुवाएर राखी बाँध्दै मिथिलाको रीतिरिवाजअनुसार दोसल्ला र पागले एकअर्कालाई सम्मान गरिएको थियो।
यस अवसरमा केही नेपाल प्रहरीसमेत सरिक भएका थिए। नेपाल–भारत सीमामा यस्तो दृश्य पहिलोपटक देखिएको स्थानीय बताउँछन्।
हेर्नुहोस्, केही तस्बिर–
Shares
प्रतिक्रिया