जनकपुरकी आरती साहमाथि एसिड आक्रमण गर्नेलाई धनुषा जिल्ला अदालतले दोषी ठहार गर्दै १० वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ।
आरतीलाई एसिड आक्रमण गर्ने उनकै श्रीमान जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठा बस्ने २७ वर्षीय संजिव साहलाई साढे १० वर्ष जेलको साथै साढे ६ लाख रुपैयाँ क्षतिपुर्ति भराउन अदालतले आदेश दिएको हो।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले बिहीबार सो फैसला सुनाएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए।
गएको कार्तिक २९ गते दिपावलीको दिन माइत जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरमा बसिरहेको बेला आरतीमाथि संजिवले एसिड प्रहार गरेका थिए। पतिपत्नीबिच सम्बन्ध चिसिएपछि आरती माइतमा बस्दै आएकी थिइन्।
सोही रिसिवीको कारण संजिव ससुराली घरमै पुगेर आरतीमाथि एसिड प्रहार गरेका थिए। एसिडको छिटा तीन वर्षीया छोरीलाई समेत परेको थियो।
जिल्ला अदालत धनुषाले गएको साउन २५ गते नै श्रीमान् सञ्जीवलाई दोषी ठहर गरेको थियो भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको थियो।
यद्यपि संजीवको सजायको फैसला भने सुनाएको थिएन। बिहीबार अदालतले उनलाई साढे ६ लाख क्षतिपुर्तिसहित साढे १० वर्षको जेल सजायको फैसला सुनाएको हो।
एसिडबाट आरतीको दाहिने आँखा गुमेको छ भने घाँटी, छाती, स्तनलगायतका अंगमा पोलेको छ। छोरी रियाको दाहिने हात र टाउकोमा दाग बसेको छ।
यो पनि :
जनकपुरकी आरती साहलाई एसिड छ्याप्ने पति अदालतद्वारा दोषी ठहर
तेजावपीडित आरतीलाई प्रदेश २ सरकारको पाँच लाख सहयोग
Shares
प्रतिक्रिया