ad ad

समाज


जानकी मन्दिरबाट हटाइयो मुख्यमन्त्री राउतको होडिङ बोर्ड

जानकी मन्दिरबाट हटाइयो मुख्यमन्त्री राउतको होडिङ बोर्ड

नेपालखबर
भदौ १२, २०७८ शनिबार १३:१४, जनकपुरधाम

मुख्यमन्त्री स्वच्छता अभियानमा अनियमितता भएको खुलासा भएपछि जानकी मन्दिरबाट मुख्यमन्त्री लालबाबु राउतको होडिङ बोर्ड हटाइएको छ ।

मुख्यमन्त्री राउतको तस्विरसहित स्वच्छता, 'बेटी पढाऊ बेटी बचाऊ' अभियान लगायतका विभिन्न नारा लेखी जानकी मन्दिर प्राङ्गणमा र छेउछाउमा राखेको बोर्ड स्थानीय युवाहरुले हटाएका हुन्। 
 
स्वच्छता अभियान चलाएर आफन्त भर्ती र अनियमितताको केन्द्र बनाएकाले मुख्यमन्त्रीका प्रचारका लागि राखिएका पोस्टरहरू हटाएको मासका संयोजक सरोज मिश्रले बताए । 

स्वच्छताको नाममा करोडौं भ्रष्टाचार र जानकी मन्दिरमा पोस्टर लगाएर कुरुप बनाएको उनले बताएका छन्। 

अबदेखि जानकी मन्दिर लगायत कुनै पनि धार्मिक र पर्यटकीयस्थलमा अन्य विषयका प्रचार सामग्री, बोर्ड, पर्चा पम्प्लेट लगाए कानुनी उपचार खोज्ने चेतावनी युवाहरुले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .