अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली बिहीबार आएपछि राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार बिहान काठमाडौं आइसकेपछि उनीहरु हिँड्ने रुटमा सुरक्षा बढाइएको छ।
शंकास्पद मानिसहरुमा प्रहरीले खानतलासी समेत गरेको छ। बिहीबारबाटै शीर्ष नेताहरुसँग भेटघाट सुरु गर्ने उनीहरुको रुटमा प्रहरीले स्कर्टिङसहितको सुरक्षा व्यवस्था गरेको छ।
एमसीसी टोली महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट निस्किएर दिउँसो २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ।
एमसीसी टोली आउने भएपछि बिहीबार भएका प्रदर्शनका क्रममा ६ जनालाई पक्राउ पनि गरेको छ। एमसीसीलाई लिएर चर्को विरोध भइरहेका बेला प्रहरीले धरपकड पनि गरेको हो।
63
Shares
प्रतिक्रिया