इरानले क्षेप्यास्त्र प्रहार गरेर अमेरिकी ड्रोन विमानलाई खसाइदिएको छ।
इरानले आफूले अमेरिकी जासुसी ड्रोनलाई ध्वस्त बनाइदिएको दाबी गरेको केही घन्टामा अमेरिकाले यस विषय पुष्टी गरेको हो।
इरानका अनुसार अमेरिकी ड्रोन आफू नियन्त्रित क्षेत्रमा प्रवेश गरेको थियो। जब होर्मोजगान प्रान्तस्थित कुमोबारक नजिक ड्रोन आइपुगेको थियो इरानको इस्लामिक रुभोलुसन गार्डले क्षेप्यास्त्र प्रहार गरी ड्रोन खसाइदियो।
ड्रोन खसाएसँगै कमान्डर माज–गने हुसेन सलामीले भनेका छन्,‘यो अमेरिकाको लागि सन्देश हो।’
अमेरिका र इरानबीचको तनाव बढ्दै जाँदा इरानले अमेरिकी ड्रोनलाई खसाएको हो।
इरानले आफू समर्थिक राष्ट्रहरुको तेल ट्यांकरमा आक्रमण गरेको अमेरिकी अरोप छ। सोमबारमात्र गल्फ अफ ओमनमा रहेका तेल ट्यांकरलाई सुरक्षा दिनका लागि अमेरिकाले थप हजारभन्दा बढी अमेरिकी सेना खटाउने घोषणा गरेको छ।
गत बिहीबार गल्फ अफ ओमनको होरमुजमा रहेका दुई तेल ट्यांकरमा आक्रमण भएको थियो।
उक्त आक्रमण पनि इरानले गरेको अमेरिकी आरोप छ। इरानले आफूले आक्रमण नगरेको बताउँदै आएको छ।
प्रतिक्रिया