सप्तरीमा पानीमा डुबेर एकैदिन दुई बालिकासहित तीनजनाको मृत्यु भएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, खडक नगरपालिका र महादेवा गाउँपालिकामा मंगलबार पानीमा डुबेर तीनजनाको मृत्यु भएको हो।
कपडा धुने क्रममा बिहान तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया बस्ने भतो मंसुरीकी छोरी १२ वर्षीया सबना खातुनको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको छ।
यस्तै, सप्तरीको खडक नगरपालिका ८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीको छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको घर नजिककैको पोखरीमा डुबेर मृत्यु भएको छ। साँझ सवा ५ बजेको समयमा पोखरीमा नुहाउने क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यता, अपराहन्न साढे ४ बजेको समयमा महादेवा गाउँपालिका ४ परसाही टोल स्थित सार्वजनिक पोखरीमा भाँडा माझ्ने क्रममा पोखरीमा डुबेर स्थानीय अमृत सदाका ३० वर्षीया छोरी लक्षन कुमारी सदाको मृत्यु भएको छ।
मृतक तीनैजनाको शव घटनास्थलको मुचुल्का गरी पोस्टमार्टमको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा लागिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
Shares
प्रतिक्रिया