प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी)को नाममा पैसा असुल्ने महिला पक्राउ परेकी छन्।
डीआईजी उमेश रञ्जितकारकाे नाममा पैसा असुल्ने गरेको अडिओ सार्वजनिक भएपछि सर्लाहीकी सुशीला थापालाई प्रहरीले पक्राउ गरको हो।
उनलाई रौतहटबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
पक्राउ परेकी थापाले डीआईजी रञ्जितकार नाममा प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराइदिने भन्दै ६ लाख रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको हो।
357
Shares
प्रतिक्रिया